प्रभुराम शर्मा भए नेपाली सेनाका कार्यवाहक प्रधानसेनापति

सदरलाइन संवाददाता १७ श्रावण २०७८, आईतवार १७:५१
 

काठमाडौं : नेपाली सेनाका बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् । आइतबार राष्ट्रिपति विद्यादेवी भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।


राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेको जनाइएको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैकठले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्ति गर्ने निर्णय गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबैध कपडा बरामद गरी भन्सारमा

१७ श्रावण २०७८, आईतवार १७:५१
नेपालगञ्ज  : बाँके प्रहरीले अबैध भन्सार छलेर भित्र्याउदै गरेको कपडा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेबाट खटिएको टोलिले शनिबार विहान पुष्पलाल चोक नजिकै सो कपडा फेला पारेको जनाएको छ । करिव १ लाख ६ हजार ६ सय बराबरको बेवारिसे अवस्थामा रहेको कुर्ता सुरुवाल लगायतका विभिन्न लत्ता […]