लुम्बिनीका नवनियुक्त कृषि मन्त्री यादवद्वारा शपथ ग्रहण

सदरलाइन संवाददाता ८ फाल्गुन २०७९, सोमबार १३:३१
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी संसदीय दलका नेता यादव मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतवार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।

बाँकेको प्रदेशसभा २(१) बाट निर्वाचित यादवलाई सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् । यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।


मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् । नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँदेवाली भित्र्याउन पाउँदा नरैनापुरवासी हर्षित

८ फाल्गुन २०७९, सोमबार १३:३१
नरैनापुर (बाँके) : हिउँदेवाली सप्रियपछि नरैनापुर गाउँपालिकाका किसान हर्षित भएका छन् । वर्षात नभएपछि धान खेती गर्न नपाएका नरैनापुरका किसानहरु हिउँदेवाली राम्रो भएपछि खुशी भएका हुन् । धान वालीको परिपूर्ति गहुँ, मसुरो र तोरीले गर्ने आशा गरेको नरैनापुर गाउँपालिका ४ खोदवाका रामनरेश तमौलीले बताए । तोरी स्याहार्दै गरेका उनले हिउँदेवालीले […]