पौडी खेल्ने क्रममा बाँकेमा एक युवकको मृत्यु

सदरलाइन संवाददाता १ भाद्र २०७८, मंगलवार १५:१७
 

नेपालगञ्ज : बाँकेमा पौडी खेल्ने क्रममा एक जना युवकको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका डलैपुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा सोही गाउँपालिका ५ कम्दीका १७ बर्षीय मैथु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


आइतबार दिउँसो पाँच जना साथीहरुसंगै पौडी खेल्न गएका नेपाली खोलामा बेपत्ता भएका थिए । खोजतलासका क्रममा नेपालीको शब मिलन चोक नजिक खोलामा मंगलवार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्थिरता निम्त्याउने अध्यादेश : २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने

१ भाद्र २०७८, मंगलवार १५:१७
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । यससँगै प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा फुट नजिक पुगेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन […]