हिमाली र पहाडी जिल्लामा आयोडिन नुन खानेको संख्यामा बृद्धि

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १७:४१
 

नेपालगञ्ज : पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा समेत आयोडिनयुक्त नुनको सेवन गर्नेहरु बढ्दै गएको छ । आयोजिन नुन खानेको संख्या ९० प्रतिशत पुगेको नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले शुक्रबारे आयोजना गरेको कार्यक्रममा साल्ट साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालगञ्जका प्रमुख मनोज चौधरीले पछिल्ला वर्षमा आयोडिनयुक्त नुन खानेको सङ्ख्या बढेको जानकारी दिए । चेतनामुलक कार्यक्रमहरुले गर्दा ९० प्रतिशत भन्दा बढीले आयोजित नुन सेवन गरिरहेको उनको भनाइ छ ।

उनले साल्ट साल्ट ट्रेडिङको नेपालगञ्जस्थित कार्यालयबाट कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पासँगै जाजरकोट, रोल्पा, रुकुम पश्चिम र पूर्व गरेर नौ जिल्लामा हरेक वर्ष ३२ देखि ४० हजार क्विन्टल नुन ढुवानी गर्दै आएको बताए ।


कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले केही वर्ष पहिलेसम्म धेरैले आयोडिनयुक्त नुन खान नमान्ने अवस्था रहेकोमा अहिले सो अवस्था फेरिएर अधिकांशले खान थालेको बताए । त्यसका लागि पहाडी र हिमाली जिल्लामा धरै मिहिनेत गर्नुपरेको प्रमुख चन्दले बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगर स्वास्थ्य शाखाका पोषण फोकल पर्सन तेज ओलीले आयोडिनयुक्त नुन सेवनका फाइदाबारे विस्तृत रुपमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित भारतमा नेपाली पक्राउ

२६ माघ २०८०, शुक्रबार १७:४१
बर्दिया : बर्दिया गुलरिया नगरपालिकास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एसएसबीले एक नेपालीबाट लागूऔषधसहित पक्राउ गरेको छ । एसएसबीले शंका लागि जाँच गर्दा १२ ग्राम लागूऔषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन केसीले पक्राउ पर्नेमा मधुवन नपा–५ […]