बाँकेमा सक्रिय संक्रमितको संख्या ९४ पुग्यो

सदरलाइन संवाददाता १ भाद्र २०७९, बुधबार १३:४६
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ र राप्तीसोनारी गाउँपालिकामा ६ गरी १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ५ जना भने जिल्ला बाहिरका हुन् । बुधवार संक्रमण पुष्टि भएकासहित बाँकेमा हालसम्म कोरोनबाट २१ हजार २९९ जना व्यक्ति संक्रमित भइसकेका छन् ।


यस्तै थप ७ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २० हजार ८५२ पुगेको पनि वलीले बताए ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ । ५ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८९ जना होमआइसोलेसनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको जंगलमा एक बालकको शव फेला, एक पक्राउ

१ भाद्र २०७९, बुधबार १३:४६
कोहलपुर (बाँके) : कोहलपुरको जंगलमा एक बालकको शव फेला परेको छ । कोहलपुर वडा नम्बर ७ स्थित आरती जंगलमा एक बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर वडा नम्बर १४ बस्ने अन्दाजी १५ वर्षीय बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर […]