नेपालगञ्ज : बाँकेको कोहलपुर वडा नं. २ स्थित लक्ष्मी मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भई सक्दा समेत कारबाहीको प्रक्रियामा नगएको भन्दै अनेरास्ववियु बाँकेले शुक्रवार कोहलपुर नगर शिक्षा शाखामा ज्ञापन पत्र बुझाएको छ ।
विद्यालयको सरकारी अनुदान लगायत सार्वजनिक सम्पत्ति तवरबाट हिनामिना भएको तथ्य सहित पेश गरिएको उजुरीमा आर्थिक वर्ष ०७७/७८ को लेखा परीक्षणबाट देखिएको नगद २३ लाख ५० हजार विद्यालयको खातामा जम्मा गरी अपचलन गरेको सामाचार बाहिर आएपछि कोहलपुर नगरपालिका तथा सो मातहतको निकाय नगर शिक्षा शाखा मौन रहँदै आएको छ ।
हालको व्यवस्थापन समिति र प्रधानाध्यापकले असुल उपर गर्न लगाएको गोप्य सुचना पाएका उजुरीकर्ताले हदैसम्मको कानुन सम्मत कारबाहीका लागि दलिल पेश गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकेका छन् ।