जथाभाबी फोहर फाल्नेसँग जरिवाना असुल्दै कोहलपुर

सदरलाइन संवाददाता ६ फाल्गुन २०७९, शनिबार १४:०६
 

नेपालगञ्ज : बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न शुरु गरिएको छ । शुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

“यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो” नगर प्रमुख आचार्यले भने, “हामी कसैलाई पनि जरिवाना तिराउन नपरोस् र पुरस्कृत गर्नुपरोस् भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरवासीको रहेको भन्दै उनले महिनौँदेखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढे कारबाही गर्न थालिएको बताए ।


जथाभाबी फोहर फाल्ने व्यक्ति, सङ्घ संस्था, व्यावसायिक फर्म, सबैलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । केही दिनअघि स्कुटरमा राखेर फोहर सडक छेउमा फाल्ने प्रवृत्ति बढेको भन्दै नगर प्रहरीले निगरानी गर्दैआएको छ । केही व्यक्तिलाई पक्राउ गरी जरिवाना पनि तिराएको छ ।

नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न सूचना प्रकाशन गरी निषेध गरेको छ । लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउन नगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभाबी फोहर गर्ने कामलाई निरुत्साहित गर्न जरुरी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा सामाजिक सरोकार मन्चको तदर्थ समिति गठन

६ फाल्गुन २०७९, शनिबार १४:०६
कोहलपुर (बाँके) : समाज रुपान्तरण तथा सामाजिक बिकासका लागि कोहलपुरमा सामाजिक सरोकार मन्च नामक स्वतन्त्र संस्थाको तदर्थ समिति गठन भएको छ । कोहलपुरका समाजसेवी राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिती बनेको मञ्चका सदस्य बिष्णु प्रसाद बेल्बासेले बताए । मञ्चको उपाध्यक्षमा शेषकान्त शर्मा, सचिवमा हेम बिक्रम जिसी, सहसचिवमा अन्जना […]