सदरलाइनडटकम,
पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ । शुक्रवार पोखराले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो ।
खराब ओपनिङ गरेको विराटनगरका ओपनरद्वय प्रदीप ऐरी १० रन र सुनील धमला ११ रनमा आउट भए । पोखराका लागि ओपनर आफिस शेखले अर्धशतक प्रहार गरे । उनले ५२ रनको योगदान गरे ।
आसिफले ५४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले ३८ रनको योगदान गरे । उनले २६ बलमा ५ चौका र २ छक्का हाने ।
प्रतियोगिताअन्तर्गत शनिवार बिहान ९ बजे चितवन टाइगर्स र बुटबल ब्लास्टर्स भिड्ने छन् । दोस्रो खेलमा धनगढी बुल्स् र काठमाण्डौ रोयल्सबीच प्रतिस्पर्धा हुने छ ।
