कोहलपुरमा सामाजिक सरोकार मन्चको तदर्थ समिति गठन

सदरलाइन संवाददाता ६ फाल्गुन २०७९, शनिबार १५:०७
 

कोहलपुर (बाँके) : समाज रुपान्तरण तथा सामाजिक बिकासका लागि कोहलपुरमा सामाजिक सरोकार मन्च नामक स्वतन्त्र संस्थाको तदर्थ समिति गठन भएको छ । कोहलपुरका समाजसेवी राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिती बनेको मञ्चका सदस्य बिष्णु प्रसाद बेल्बासेले बताए ।

मञ्चको उपाध्यक्षमा शेषकान्त शर्मा, सचिवमा हेम बिक्रम जिसी, सहसचिवमा अन्जना पाण्डे, कोषाध्यक्षमा ज्ञानेन्द्र खनाल तथा सह कोषाध्यक्षमा मायादेवी गौतमलाई चयन गरिएको छ ।

सदस्यहरुमा क्रमशः मन प्रसाद आचार्य, सुरेशकुमार चौधरी, चिन्तामणि उपाध्याय, गौरीकान्त आचार्य, बिष्णु वेल्वासे, चेतकान्त भट्टराई, दिपक भण्डारी, जगतजंग बुढाथोकि, सरिता शाहि, राम कुमार थारु र मञ्जु सत्याल रहेका छन् । कोहलपुरमा आज शनिबार भएको भेलाले कार्यसमितीको तदर्थ समिति गठन गरिएको बताईएको छ ।


संस्थाले कोहलपुर क्षेत्रका तत्कालिन र दीर्घकालीन विकास निर्माण तथा सार्वजनिक सरोकारका बिषयहरु छट्टयाएर कार्य गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । मञ्चले तत्काल यातायात कार्यालय एवं मालपोत र नापी कार्यालय कोहलपुरमा स्थापना गरि सञ्चालनमा ल्याउन पहल गर्ने जनाइएको छ ।

त्यसैगरी अगैयाघाटलाई कोहलपुर नजिक बनाउन योजनाबद्ध ढंगले अघि बढने श्रेष्ठले बताए । दीर्घकालीन कार्य अन्तर्गत कोहलपुर घुइयाबारी सडक, अन्तर्राष्ट्रीय क्रिकेट मैदान निर्माण, डुडुवाखोलामा पर्यटन प्रबर्धनका लागि करिडोर लगायतका कार्य गर्ने भएको छ ।

कोहलपुर टावनप्लानलाई ग्रीनसिटी बनाउन पहल गर्ने, फोहोरको उचित ब्यवस्थापन, सडक बत्ती लगायत बिषयमा बिशेष निगरानीका साथ कार्य गर्न पहल गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा क्रिकेट मैदान नहुँदा खेलाडीलाई समस्या

६ फाल्गुन २०७९, शनिबार १५:०७
नेपालगञ्ज : क्रिकेटमा नेपालगञ्जका खेलाडीले समय समयमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाउँदै आएपनि क्रिकेट मैदानको अभावले खेल सञ्चालन प्रभावित हुँदै आएको छ । पश्चिम नेपालकै केन्द्रबिन्दु नेपालगञ्जमै एउटा छुट्टै क्रिकेट मैदानसम्म नहुँदा लामो समयदेखि यहाँ विभिन्न प्रतियोगिता गर्न तथा खेल अभ्यास गर्न खेलाडीहरूलाई समस्या हुँदै आएको हो । उपमहानगरभित्र […]