नेपालगन्ज कप क्रिकेट प्रतियोगिताका टीम मालिक र आयोजक बीच सम्झौतापत्र हस्तान्त्रण

२६ चैत्र २०७४, सोमबार १९:०५
 

सदरलाइनडटकम 
२६ चैत, नेपालगन्ज : कोहलपुरको क्रिकेट मंदनामा आगामी बैशाख ३ गतेबाट सुरु हुन गई रहेको ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको सहभागि ६ वटै टिमका मालिकहरुलाई सम्झौता पत्र हस्तान्तरण गरिएको छ ।
प्रदेश नम्बर ५ मै पहिलो पटक गत चैत २० गते भएको टिम अक्सनबाट टिम खरिद गरिएका जीसान बांँके ब्लास्टर, आर्शिवाद पेन्ट्स पाल्पा योद्याज, अर्घखांची सिमेन्टस बर्दिया टाईर्गस, अर्जुन पाण्डेको दंगाली गोर्खाज, पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज, एयाब्रोल लुम्बिनी यात्रीजका प्रतिनिधिहरुलाई सम्झौतापत्र आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी एराकीले हस्तान्तरण गरेका हुन । सम्झौता पत्र एक वर्षको रहेको छ ।
यसैगरी सोही कार्यक्रममा सबै टिमका प्रशिक्षकहरुको नाम समेत सार्वजनिक गरिएको छ । यस अघि प्रत्येक टिमका कप्तानहरुको नाम सार्वजनिक गरि सकेको छ ।
क्रिकेटमा लामो समय देखि प्रशिक्षकको रुपमा सक्रिय राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक र नेपालका लागि विश्वकप छनौट प्रतियोगितामा समेत नेपालको प्रशिक्षकको रुपमा प्रतिनिधित्व गरि सकेका भएका दिपेन्द« प्रताप सिंह एयाब्रोल लुम्बिनी यात्रीजका प्रशिक्षक नियुक्त भएका छन्
विभिन्न राष्ट्रिय प्रतियोगितामा यस क्षेत्रबाट टिमलाई प्रतिनिधित्व गरि सक्नु भएका बर्दियाका दुर्गा सेन जीसान बांँके ब्लास्टरका प्रशिक्षक नियक्त भए । आर्शिवाद पेन्टस् पाल्पा योद्याजका प्रशिक्षक ईरफान हुसैन सैयद, अर्घखाची सिमेन्टस बर्दिया टाईर्गसका लागि पुर्व क्रीकेट खेलाडी समेत रहि सकेका दाँङ्गका सन्जु क्षेत्री नियुक्त भएका छन् ।
त्यसैगरि अर्जुन पाण्डेको दंगाली गोर्खाजका लागि दाँङ्ग कै पुर्व खेलाडी रहि सकेका रुपेश शर्मा र पप्पु कनस्ट्रकसन रोल्पा गोरील्लाजका लागि महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक रहि सकेका जमिल अहमद अन्सारी नियुक्त भएका हुन् ।
सोही अवसरमा छ वटै टिमको गीत सार्वजनिक गरिएको छ । टी–२० फरम्याटमा खेलाईने खेलका लागि प्रत्येक टिमको सन्देश गीत समेत सार्वजनिक गरिएको छ । प्रत्येक टिमका लागि छुटटा छुटटै गीतका रचनाकार डा.ऋीषि भटट् रहेका छन् भने गायन डा.अभिशेख अर्जेलको रहेको छ ।
नेपालगन्ज कपको भिडियो र गीत यस अघि नै सार्वजनिक भैसकेको छ । कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी मध्य चरणमा पुगेको आयोजक ग्रीन ईभेन्टोका ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए । प्रतियोगिताको विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने छन् ।


Next Post

जोखिम मोलेर ढुङ्गामा धन खोज्दै रुकुमेली

२६ चैत्र २०७४, सोमबार १९:०५
सदरलाइन \रबिन्द्रसिंह ठकुरी २६ चैत, नेपालगन्ज :प्रदेश नं. ६ को बिकट जिल्लाको रुपमा चिनिने पश्चिम रुकुम प्राकृतिक र सांस्कृतिक रुपमा आफैमा सम्पन्न जिल्लाको रुपमा चिनिदै आएको छ । पश्चिम रुकुम चौरजहारी नगरपालीका वडा नं. ९ मा अबस्थित ढुङ्गे खानि संभबत नेपालको पहिलो ढुङ्गे खानीको रुपमा परिचित रहेको छ । रुकुम […]