नेपालगञ्ज १८ मा अर्को पुर्वाधार निर्माण कार्य शुरु

सदरलाइन संवाददाता २६ मंसिर २०८०, मंगलवार १३:०८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपक बर्माको पहलमा परेको बजेटमार्फत वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु गरिएको हो ।

निर्माण कार्यको वडाअध्यक्ष बर्माले मंगलबार एक समारोहकाबीच सिलान्यास गगरेका छन् । सुर्खेतरोडमा रहेको पुर्व यातायात कार्यलयको अगाडीको बस्तीमा जाने गोर्खा साईकल स्टोरदेखि स्प्रिङ्गडेल एकेडमीको बाटोको स्तरोन्नतीे कार्य शुरु गरिएको वडाअध्यक्ष बर्माले जानकारी दिए ।

वडाभित्र आवश्यक रहेका र कार्य गर्न बाँकी रहेका स्थानहरुमा लगातार स्तरोन्नती कार्य सञ्चालन गर्ने योजना अनुसार कार्यहरु शुरु गरिएको वडाअध्यक्ष बर्माले बताए ।

संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत करिब ५० लाख लागतमा बाटोको स्तरोन्नतीको कार्य थालिएको हो । ६ मिटर चौडाई र करिब ५ सय मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ आर सिसि नालासहित माटो फिलिङ्ग, ग्राभेलिङ्ग स्तरोन्नती हुनेछ ।


कार्य सम्पन्न लगत्तै सो सडकलाई कालोपत्रेसमेत गर्ने तयारी रहेको वडाअध्यक्ष बर्माले बताए । स्तरोन्नती कार्यको सिलान्यासमा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।

वडाले पछिल्लो एक महिनामा तीन स्थानमा पुर्वाधार बिकास निर्माण कार्य थालनी गरेको छ । बिकासका कार्य एकपछि अर्को गरेर निरन्तर सञ्चालन गर्ने वडा कार्यालयको योजना रहेको जनाइएको छ ।

वडाबासीको मागलाई मध्यनजर गरेर नै वडाले कार्यहरु गरिरहेको वडाअध्यक्ष बर्माले बताए । केही दिन अघिमात्रै सोल्टी होटेलदेखि लगदहवा हुँदै बाईपास सडकमा नाला तथा ढक्कनसहितको कार्य शुरू गरिएको छ भने मोडेल एकेडमी स्कुल जाने सडकमा पिसीसी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत प्राधिकरणविरुद्ध अपराधिक उपद्रवको मुद्दा दर्ता

२६ मंसिर २०८०, मंगलवार १३:०८
नेपालगञ्ज : विद्युत प्राधिकरण नेपालगञ्जका कर्मचारीले सडकमा हुर्केका विरुवा समन्वयबिना काटेपछि नेपालगन्ज उपमहानगरपालिकाले प्राधिकरण विरुद्ध अपराधिक उपद्रवको मुद्दामा जाहेरी दिएको छ । स्थानीय सरकारसँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा बयस्क रुख काटिएपछि उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको ठाडो जाहेरी दिएको छ भने वन कार्यालयमा पनि […]