समावेशी प्यानलद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

४ माघ २०७६, शनिबार १७:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलले शनिवार प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । समावेशी प्यानलले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
प्यानलका संरक्षक दामोदर आचार्य, निर्वाचन परिचालन समितका संयोजक आईपी पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यलगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उद्योगी व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गर्दै रात्रीकालीन सडक बजारलाई ब्यवस्थापन गर्ने र नेपालगञ्ज शहरलाई व्यवस्थित बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ । त्यस्तै सामाजिक उत्तरदायित्वतर्फ ४ र ब्यावसायिक समस्यातर्फ १० गरी १४ बुँदा उल्लेख गरिएको छ ।
सामाजिक उत्तरदायित्वतर्फ बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थलका लागि सरकारबाट भोगााधिकार प्राप्त सडक डिभिजन परिसरको जग्गा प्राप्तीलाई प्राथमिकता दिने, नेपालगञ्जमा उद्योगको संख्या बढाउने, नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकीकृत भन्सार चेकपोष्ट, रेलमार्ग विस्तार, नौबस्ता औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रजस्ता योजना कार्यान्वयन गर्दै सानादेखि ठूला लगानीका उद्योग, कलकारखाना स्थापना गर्नका लागि लगानी आकर्षित गर्ने लगायतका कुरा पनि उल्लेख छ ।
माघ ११ गते हुने संघको निर्वाचनमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वमा उद्योग उपाध्यक्षमा आदेश कुमार अग्रवाल र बाणिज्य उपाध्यक्षमा ज्ञानेन्द्र कुमार श्रेष्ठलाई अघि सारेको छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः टंक बहादुर धामी, अब्दुल वाहिद अन्सारी (बब्लु), श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेशकुमार वैश्य, धर्मराज अर्याल, विजय भण्डारी (बासु), जहाँगीर मुसलमान, सुनिलकुमार बनिया, मन्दिरा पाण्डे र भिम बहादुर रानाभाट रहेका छन् ।

Next Post

सद्भाव कलर हाउसद्वारा विक्रीवितरण शुरु

४ माघ २०७६, शनिबार १७:४५
सदरलाइनडटकम, नेपालगञ्ज : करीब एक करोड लागतमा नेपालगञ्जमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रीवितरण शुरु गरेको छ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको एक कार्यक्रमका बीच उद्घाटन भएको हो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष बैश्यले उद्योग वाणिज्य […]