श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सदरलाइन संवाददाता २ फाल्गुन २०७९, मंगलवार १४:०८
 

दैलेख : दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए । घरमा उहाँहरू दुईजना मात्रै बस्दै आउनुभएको रहेछ । विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको पाइएको छ, डीएसपी लम्सालले भने ।


स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए । गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए । प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए ।

‘श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको छ,’ डीएसपी लम्सालले भने । कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारमन्त्री शर्माद्वारा नेपालगञ्जमा हिमालयन विज्ञान मेला उद्घाटन

२ फाल्गुन २०७९, मंगलवार १४:०८
नेपालगञ्ज : सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेला मंगलबार उदघाटन गरेकी छन् । नेपालगञ्ज रङ्गशालामा हिमालयन साइन्स फाउन्डेसनद्वारा आयोजना गरिएको सो विज्ञान मेला उदघाटन गर्दै मन्त्री शर्माले अहिले प्रविधिको युग भएकाले प्रविधिमा फड्को नमारेसम्म देश अगाडि नबढ्ने बताइन् । उनले सरकारले […]

सम्बन्धित