बिपन्न दलित र शारिरिक अशक्तलाई बी–ग्रुपको खाद्यान्न सहयोग

सदरलाइन संवाददाता ३० जेष्ठ २०७८, आईतवार १७:३५
 

नेपालगञ्ज : कोरोना कहरबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्या भएका विपन्न, दलित तथा शारिरिक अशक्तलाई बी–ग्रुपले केयर नेपालको आर्थिक सहयोगमा खाद्यान्न सहयोग गरेको छ ।

नेपालगञ्ज उपमहानगरको अनुरोधमा बी–ग्रुपले केयर नेपालको सहयोगमा उपमहानगर क्षेत्रभित्रका कोभिड–१९ बाट प्रभावित भएका अतिविपन्नहरुलाई खाद्य भौचर मार्फत खद्यान्न सहयोग कार्यक्रम अन्तरगत आईतबार २५ परिवारलाई बितरण गरिएको बाँकी क्रमश बितरण गर्दै जाने हो । एकसय परिवारलाई गर्ने लक्ष छ ।

बितरण गरिएको सामाग्रीहरुमा चामल ५० किलो, रहर दाल ३ किलो, चना डेढकिलोे, पिठो ५ किलोको प्याकेट, तोरीको तेल साढे २ लिटर, २ किलो आयोनून, २ किलो चिनी र नुहाउने लाईफ व्वाय साबुन ४ थान गरी प्रति परिवारलाई ५ हजार २ सय रुपैया पचास पैसा बराबरको खाद्य भौचर मार्फत उपलब्ध गराईएको बी–ग्रुपका लेखा अधिकृत बेदप्रकाश दिक्षितले जानकारी दिए ।



बाँकेमा कोरोना संक्रमणको त्रासबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाका कारण जिविका चलाउन समस्यामा परेका नेपालगन्ज उपमहानगर भित्रका विपन्न, दलित तथा शारिरिक अशक्त लाभग्राहीहरुले बी–ग्रुपले उपलब्ध गराएको खाद्यान्न सहयोगले ठूलो सहयोग पुगेको बताएका छन् ।

कोरोना कहरका कारण बाँकेको नेपालगन्जमा बैशाखको पहिलो सातादेखि निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको कारण विपन्न, दलित र शारिरिक अशक्तको जनजीवन प्रभावित भएको अवस्थामा पाएको खाद्यान्न सहयोगले ठूलो राहत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाको बंगुरमा अनुदान कार्यक्रमको अनुगमन

३० जेष्ठ २०७८, आईतवार १७:३५
कोहलपुर (बाँके) : कोहलपुर  नगरपालिकाले  स्थानीय  कृषकलाई  बुंगुरपालनमा  प्रोत्साहन  गर्ने उदेश्यले सञ्चालन गरेको अनुदान कार्यक्रमको अनुगमन गरिएको छ । आर्थिक वर्ष ०७७/७८ मा ९ लाख ५३ हजार स्थानीय ५० जना कृषकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको नगर पशु सेवा कार्यालयका गोविन्द रोकायाले जानकारी दिए । कोहलपुर नगरपालिका आर्थिक विकास समितिको […]