‘हजार जुनीसम्म’ स्वस्तिमा खेल्ने

७ आश्विन २०७५, आईतवार १७:२१
 

सदरलाइनडटकम,
काठमाण्डौ : नायिका स्वस्तिमा खड्काले फिल्म ‘हजार जुनीसम्म’मा काम गर्ने भएकी छिन् । विकास आचार्यको निर्देशनमा बन्ने फिल्मका लागि स्वस्तिमा मुख्य भूमिकामा खेल्ने निश्चित् भएको आचार्यले बताए ।
स्वस्तिमाले फिल्ममको कथा मनपराएको बताउँदै आचार्यले औपचारिक सम्झौता हुन बाँकी रहेको जानकारी दिए । विकास आचार्यले निर्देशन गरेको फिल्म ‘नाई नभन्नु ल ५’मा पनि स्वस्तिमा मुख्य भूमिकामा थिइन् ।
‘हजार जुनीसम्म’ फिल्मका लागि नायकको खोजी भइरहेको उनले बताए । फिल्म युनिटका अनुसार उक्त फिल्ममा नयाँ कलाकार रहनेछन् । फिल्मका लागि नयाँ अनुहारको खोजी भइरहेको फिल्म सम्बद्ध पक्षले जानकारी दिएको छ ।
म्युजिकल लभ स्टोरी फिल्म ‘हजार जुनीसम्म’मा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाको कथा तथा पटकथा रहने छ । तिहारपछि छायांकन शुरु गरिने फिल्मलाई बाल कलाकार अनुभव रेग्मीकी आमा कविता रेग्मीले निर्माण गर्न लागेकी हुन् ।

Next Post

स्वस्तिमा ‘हजार जुनीसम्म’ फिल्म खेल्ने

७ आश्विन २०७५, आईतवार १७:२१
सदरलाइनडटकम, काठमाण्डौ : नायिका स्वस्तिमा खड्काले फिल्म ‘हजार जुनीसम्म’मा काम गर्ने भएकी छिन् । विकास आचार्यको निर्देशनमा बन्ने फिल्मका लागि स्वस्तिमा मुख्य भूमिकामा खेल्ने निश्चित् भएको आचार्यले बताए । स्वस्तिमाले फिल्ममको कथा मनपराएको बताउँदै आचार्यले औपचारिक सम्झौता हुन बाँकी रहेको जानकारी दिए । विकास आचार्यले निर्देशन गरेको फिल्म ‘नाई नभन्नु ल […]