विश्व रेडियो दिवस : आर्थिक सङ्कटको असर रेडियोमा पनि

सदरलाइन संवाददाता १ फाल्गुन २०७९, सोमबार १३:१८
 

नेपालगञ्ज : सोमवार विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विक्रम संवत् २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो ।

रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ, तर कोरोना महामारीपछि विश्वमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ ।


देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । तर, त्यसमध्ये केही आर्थिक सङ्कटका कारण बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन् । अहिले धेरैजसो रेडियो सञ्चालक र रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा केन्द्रित छ।

देशभर ७ सय ५० वटाभन्दा धेरै रेडियो सञ्चालनमा रहेको तथ्याङ्क छ । राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई सरकारले बेवास्ता गर्ने गरेको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अवैध सामान बरामद गरी भन्सारमा बुझाइयो

१ फाल्गुन २०७९, सोमबार १३:१८
नेपालगञ्ज : नेपालगञ्जमा ठुलो मात्रामा अवैध सामान बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ पुष्पलाल चोक स्थित होटल ग्रिन प्यालेसको कोठा नं. २०२ बाट ठूलो परिमाणको भन्सार छलिको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । जुम्लाको हिमा गाउँपालिका वडा नं. ४ बस्ने मान बहादुर बुढाले भाडामा लिई […]