बसको ठक्करबाट महिलाको मृत्युपछि वीरेन्द्रनगर बजार तनावग्रस्त

सदरलाइन संवाददाता १ फाल्गुन २०७९, सोमबार १३:०५
 

नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि पीडितहरुले सोमवार बिहानैदेखि आन्दोलन गरिरहेका छन् । आइतवार दिउँसो वीरेन्द्रनगर १० को बामेखोलामा बस्दै आएकी जाजरकोटको छेडागाड ६ की ६६ वर्षीय नदी रावतको वीरेन्द्रनगर बसपार्कमा बसको ठक्करबाट मृत्यु भएको थियो ।

ठक्कर दिएको बा४ख ८०६१ नम्बरको बस चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्तहरुले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।

आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।

बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।


सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए ।

उनीहरु सोमवार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिए छन् । आफन्तलाई नसोधेर शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । यसका साथै, यातायात व्यवसायमा संलग्नहरू आन्दोलनकारी माथि जाइलागेका छन् ।झडपक क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् ।

बस चालक फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिइएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार जनयुद्ध दिवस मनाईंदै, सार्वजनिक बिदा

१ फाल्गुन २०७९, सोमबार १३:०५
नेपालगञ्ज : आज माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका […]