नेपालगञ्जमा बृहद् रक्तदान सम्पन्न

सदरलाइन संवाददाता १५ भाद्र २०७८, मंगलवार १४:२८
 

नेपालगञ्ज : कोरोना महामारीका कारण रक्त संचार सेवाहरुमा भएको रगत अभावलाई ध्यानमा राखी मंगलबार नेपालगञ्जमा बृहद् रक्तदान गरिएको छ ।

नेपालगञ्ज जेसिज, नेपालगञ्ज जेसिज जुनियर, आइअएमई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगञ्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिति बाँके, कसौधन वैश्य समाज युवा मञ्चलगायत संस्थाहरुको आयोजनामा रगत अभावको समस्यालाई ध्यानमा राखी बृहत रक्तदान कार्यक्रम गरिएको हो ।

नेपालगञ्जको वेस्टर्न मल, सुर्खेतरोडमा बिहान ८ बजेदेखि शुरु भएको बृहद् रक्तदान कार्यक्रममा व्यापकको उपस्तिथि रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई जेसि आदित्य गुप्ताले आयोजकको तर्फ बाट धन्यवाद दिएका थिए ।

नेपालगञ्ज जेसिस अध्यक्ष जेसि रेशमलाल चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशी रहेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशीले युवाहरुलाई सशक्त बनाउन, कुलतबाट रोक्न नेतृत्व विकास गर्न यस्ता सामाजिक कार्यमा सदैव सामुदायिक प्रहरी सेवा केन्द्र बाँके तयार रहेको बताए ।

जेसि चापागाईंले बर्ष भरी नै यस्ता सामाजिक कार्य गर्दै आएको र जुनसुकै परिस्थितिमा जेसिसले युवाहरूलाई जागरुक गर्न, सरोकारवाला निकाय घच्घच्याउन, वातावरण सफा राख्न, जनचेतनामूलक कार्यक्रम गर्न कहिले पनि पछि नहट्ने र आउँदा दिनहरुमा पनि समानन्तर अगाडि बढी रहने दृढता व्यक्त गरे ।

कार्यक्रममा जेसि प्रकाश कुँवरले कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेमा रगत अभाव भएको थियो भने कोरोना संक्रमणको तेस्रो लहर आउने आकंलन गरि रहेको बेला जिल्लामा रगत अभावले कसैको जीवन जोखिममा नपरोस भनेर नै रक्तदान कार्यक्रमको आयोजना गरेको जेसिजका भाइस प्रेसिडेन्ट प्रकाश कुवँरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार १४ संक्रमित थपिए, ६ डिस्चार्ज

१५ भाद्र २०७८, मंगलवार १४:२८
नेपालगञ्ज : बाँकेमा मंगलवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८६ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा ८ र कोहलपुर मेडिकल कलेजमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ८ […]