एमाले अध्यक्ष ओली नेपालगञ्ज आउँदै

सदरलाइन संवाददाता १६ चैत्र २०७८, बुधबार १५:२३
 

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै छन् । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार जुम्ला र कालिकोटको कार्यक्रममा जानका लागि अध्यक्ष ओली नेपालगञ्ज आउन थालेका हुन् ।

अपरान्ह ४ बजे नेपालगञ्ज आइपुग्ने अध्यक्ष ओली बुधवार नेपालगञ्जमै बास बस्ने छन् । नेपालगञ्ज बसाईका क्रममा यहाँका नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले होटलमै भेटेर निर्देशन दिने नेताहरुले बताएका छन् ।


सरकारमा सामेल दलका बीचमा चुनावी गठबन्धन हुने पक्कापक्की जस्तै भइरहेको बेलामा ओलीको दौडधुपले एमाले कार्यकर्ता उत्साहित रहेको नेताहरु बताउँछन् । नेता तथा कार्यकर्ताको मनोबल बढाउन ओलीले जिल्लागत भ्रमण गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमका कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

१६ चैत्र २०७८, बुधबार १५:२३
नेपालगञ्ज : सुदूरपश्चिममा विभिन्न प्रकृतिका अपराधमा संलग्न कैदीबन्दीको संख्या एक हजार ४ सय १४ पुगेको छ । यो संख्या जिल्ला कारागारहरुको क्षमताभन्दा झण्डै तेब्बर हो । प्रदेशका नौ वटै जिल्लामा रहेका कारागारको क्षमता ५ सय २५ मात्र रहेको अवस्थामा दैनिक जसो कैदीबन्दीको संख्या थप हुँदै गएपछि कारागार कैदीबन्दीले भरिएका हुन् […]

सम्बन्धित