सदरलाइनडटकम,
दैलेख : दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गुराँस गाउँपालिका ४ सियाकोटनजिक मिनी ट्रक दुर्घटना हुँदा सुर्खेत लेकवेशी नगरपालिका १० का २८ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेत जाँदै गरेको भे १ क १०८४ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सहचालक घाईते भएका छन् ।
दुर्घटनामा घाईत भएका थापाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए । गम्भीर घाईत भएका सहचालकको ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ ।
