नेपालगन्जमा युमिडिजी ब्रान्डका स्मार्ट फोन विक्रि बितरण सुरु

१३ पुष २०७४, बिहीबार १४:०६
 

सदरलाइनडटकम
१३ पुस, नेपालगन्ज : नेपालगन्जमा आजबाट ( बिहीबार ) युमिडिजी ब्रान्डका स्मार्ट फोन विक्रि बितरण सुरु भएको छ । युमिडिजीका ६ मोडलमा स्र्माट सेट उत्पादन भए पनि नेपालमा भने विभिन्न पाँच मोडलमा मात्र उपलब्ध रहेका यी स्मार्ट फोनको अन्य ब्रान्डको भन्दा छुट्टै फिचर रहेको एएच ईन्टरप्राईजेजका ओसियन हेमकारले दावी गरिन ।
‘मेटालिक बडी, स्क्रेच प्रुुफ गुरील्ला ग्लासको स्क्रिन, सोनी र सामसुङ्गको क्यामेरा, सार्पको स्क्रिन टच आदी सुविधा भएको युमिडिजी ब्रान्डका स्मार्टफोनको विक्रि मुल्य ९ हजार आठ सयदेखि ४५ हजार ९ सयसम्मका रहेका छन्’– उनले भनिन ।
चर्चीत नेपाली नायीका केकी अधिकारी ब्राण्ड एम्बेडसर रहेको सो स्मार्ट फोनमा चाँडो चार्जहुने, लिपोलिमर व्याट्री डबल सिम र मेमोरीकार्ड लाग्ने, चार्ज गर्दा वा कुरा गर्दा नतातिने, खस्दा स्क्रेच र नफुट्ने ग्लासको प्रयोग भएको यो फोन सेट सन २०१२ देखि उत्पादन भएको युमिडिजी ब्राण्डका फोन नेपालमा सन २०१७ देखि विक्रि त्रितरण सुरु भएको थियो । पश्चिम नेपालमा एएच ईन्टरप्राईजेजले विक्रि वितरण सुरु गरेको छ ।


युमिडिजी स्र्माट फोनको नेपालको अधिकारिक विक्रेता विविधटेक्स ईम्पेक्स काठमाण्डौका सेल्स म्यानेजर दिपेन्द्र प्रसाद श्रेष्ठले युमिडिजी लण्डन ९ हजार ८ सय, युमिडिजी जी १४ हजार ९ सय, युमिडिजी सि–नोट २० हजार ९ सय, युमिडिजी क्रिस्टल २५ हजार ९ सय र युमिडिजी जेड १ प्रो ४५ हजार ९ सय मूल्यका स्मार्ट सेट विक्रिको लागि उपलब्ध भएको जानकारी दिए । उनले चाँडैनै युमिडिजी एस २ प्रो नयाँ मोडलको स्मार्ट फोन नेपाली बजारमा ल्याउने तयारीमा रहेको बताए ।


 

Next Post

बाँकेको सितापुरमा जारी जुनियर एथलेटिक्स प्रतियोगितामा मध्यपश्चिमको वर्चश्व

१३ पुष २०७४, बिहीबार १४:०६
सदरलाइनडटकम        १३ पुस, नेपालगन्ज : बुधबारदेखि बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा जारी दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता अन्तरगत विहीवार सम्पन्न ८ खेलमा घरेलु टिम मध्यपश्चिमले बर्चश्व जमाएको छ । महिला र पुरुष तर्फका चार–चार खेलमा मध्यपश्चिमाञ्चलका खेलाडीले वर्चश्व कायम गरेका छन् । पुरुष तर्फको ८ सय मिटर दौड, पुरुष […]