बाँकेमा थप ६ जनामा कोरोना संक्रमण भेटियो

२१ बैशाख २०७७, आईतवार १९:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । आइतवारनै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भेटिएसँगै बाँके ‘हटस्पट’ बन्दै गएको हो । बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि आइतवारनै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । योसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । दुई दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
विश्वव्यापीरुपमा फैलिरहेको महामारी कोरोनाले कुनै धर्म, जाति, समाज, समुदाय, पेशा, व्यवसायलाई हेरदैन ।
अतः हामी नेपाली आफु आफ्नो परिवार, देश, धर्म, समाज, समुयाद र नागरिकप्रति जिम्मेवार भएर सुरक्षितरुपमा घरमै बसौं र सच्चा नागरिक भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि सदरलाइनडटकम सम्पूर्ण देशवासीमा आग्रह गर्दछ ।


Next Post

कोरोना संक्रमितसबैलाई आईसोलेशनमा भर्ना गरियो

२१ बैशाख २०७७, आईतवार १९:५६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका थप १५ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । उनीहरु सबैलाई कोरोना बिषेश आईसोलेसन अस्पताल खजुरामा उपचारको लागि भर्ना गरिएको छ । कोबिड–१९ का बिरामीका लागि खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आईसोलेसन विषेश अस्पताल तयार गरी उपचारको व्यवस्था मिलाईएको छ । उनीहरु सबैलाई राती करिब […]

सम्बन्धित