जीर्ण पुलको मर्मत थालियो

सदरलाइन संवाददाता २४ माघ २०७९, मंगलवार १४:४३
 

दाङ : दाङको देउखुरी उपत्यकालाई जोड्ने राप्ती नदीमा बनेको पक्की पुल जीर्ण हुँदै गएपछि मर्मतको काम थालिएको छ । लामो समयसम्म पुल मर्मतको काम नहुँदा दुर्घटनाको जोखिम बढेको थियो ।

पुल निर्माण भएप्छि देउखुरी उपत्यकाको राप्तीपारि–वारिको क्षेत्रलाई आवतजावतमा सहज भए पनि निर्माण भएको लामो समयसम्म पुलको मर्मत हुन सकेको थिएन ।


२०५६ सालमा राप्ती नदीमा पक्की पुलको शिलान्यास भएर निर्माणको काम सुरु भई २०५९ मा निर्माण कार्य सकिएको थियो । फलामे पुलमा खिया लागेको थियो। नट, बोल्ट ढिला भएका थिए । जसले गर्दा पुलको आयु घट्दै गएको थियो। यो पुलको निर्माणपछि मर्मत भएको थिएन । लमही नगरपालिका–४, सेमरहवा निवासी गणेश कुमालले पुल बनेदेखि मर्मत नहुँदा जीर्ण बनेकाले आवतजावत गर्नै समस्या भएको बताए । नदीकिनारमा क्रसर उद्योग खुलेपछि ओभरलोडका सवारीसाधन ओहोरदोहोर गर्दा पुलमा असर परेको छ ।

यस्तै राप्ती नदीमा बनेका दुईवटा पक्की पुल मर्मत गर्न थालिएको छ। पूर्वमा भालुबाङ र पश्चिममा लमही–गढवा सडकखण्डमा पर्ने पुल मर्मत गर्न थालिएको हो। पुल सेक्टर कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले दुईवटा पुल मर्मत गर्न दुई करोड २० लाखको बजेट रहेको जानकारी दिए । जीर्ण अवस्थामा पुगेको पुललाई मर्मत गरेर नयाँजस्तै बनाइने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लै.स.सा.स परीक्षण सम्बन्धि अभिमुखिकरण शुरू

२४ माघ २०७९, मंगलवार १४:४३
नेपालगञ्ज : स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धि बाँकेमा २ दिने अभिमुखिकरण शुरू गरिएको छ । लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेका कार्यकारी निर्देशक कमानशिह थापाले ब्यानर वाचन गरेर कार्यक्रम उदघाटन गरे । कार्यक्रममा स्थानीय शासन विज्ञ प्रेम नारायण श्रेष्ठले कार्यक्रमको उदेश्य बारे जानकारी गराए । उनले मुख्य […]