नेपालगञ्ज : स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धि बाँकेमा २ दिने अभिमुखिकरण शुरू गरिएको छ ।
लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेका कार्यकारी निर्देशक कमानशिह थापाले ब्यानर वाचन गरेर कार्यक्रम उदघाटन गरे ।
कार्यक्रममा स्थानीय शासन विज्ञ प्रेम नारायण श्रेष्ठले कार्यक्रमको उदेश्य बारे जानकारी गराए ।
उनले मुख्य रूपमा २ दिनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय सरकारहरूलाई सवलिकरण गर्नाका लागि लैङ्गिक समानता तथा सनमाजिक समावेशीकरण परिक्षण महत्त्वपूर्ण रहेको बताए ।
उनले स्थानीय सरकारको जवाफदेही शुसाशनको मुख्य ओैजार समग्र स्थानीय तहका नितिगत तथा प्रशासनिक क्षेत्रको परिक्षण आवश्यक रहेको बताए ।
२ दिन सम्म स्थानीय शासन विज्ञ शोभिता परियारले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धि सहजिकरण गर्ने छिन् ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणको अभिमुखिकरण कार्यक्रममा सामुदायिक सेवामा आवद्व करिब ४० जनाको सहभागिता रहेको छ ।