खजुरास्थित न्यू डाँफे खेल मैदान उत्कृष्ट बनाइने

२२ आश्विन २०७५, सोमबार १८:४७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका ४ स्थित न्यु डाँफे स्पोर्ट्स क्लबको खेलमैदानमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अवलोकन गरेका छन् । बाँकेकै नमूना फुटबल मैदान बनाउनु पर्नेमा जोड दिँदै उनले खेल गतिविधिलाई बढवा दिने उल्लेख गरे ।
उनीसँगै एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, पंकज नेवाङ, पूर्व एआईजी तथा पुर्ब खेलाडी बिज्ञानराज शर्मा, एन्फा केन्द्रीय सदस्य प्रदेश सिंह राठौर, खजुरा गाउँपालिका वडा नं ४ का अध्यक्ष एवं न्यु डाँफेका अध्यक्ष तिलकवीर सुनार, बाँके जिल्ला एन्फा सदस्य एवं न्यु डाँफे स्पोर्ट्स क्लबका कोषाध्यक्ष टोपेन्द्र खत्रीलगायतको सो अवसरमा सहभागिता रहेको थियो ।
न्यु डाँफेको खेलमैदानलाई जिल्ला कै उत्कृष्ट मैदान भएको र झण्डै ६ बिगाह भन्दा बढी जग्गा रहेको उक्त जग्गा नेपाल राष्ट्रीय आधारभूत विद्यालयको हकमा रहेको उक्त मैदानमा बेलाबेलामा ठूलाठूलो खेल प्रतियोगिता हुँदै आएको अध्यक्ष सुनारले बताए ।
उनले आवश्यकता अनुसार खेलमैदानलाई उपलब्ध गराउन समेत सकिने जग्गालाई खेलकुदका गतिविधि गराउन सकिने र बेला बेला मा न्यु डाँफे क्लबद्वारा फुटबल खेल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

Next Post

क्यान्सर अस्पतालद्वारा शुभकामना आदानप्रदान

२२ आश्विन २०७५, सोमबार १८:४७
सदरलाइनडटकम, खजुरा (बाँके) : क्यान्सर अस्पताल खजुराले सोमवार वडा दशैं, दीपावली, छठ, इदको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहलाई स्वागत सम्मानसमेत गरिएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलले जनताको प्रत्यक्ष सहभागितामा […]

सम्बन्धित