सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा फागुन १६ गतेदेखि हुने भनिएको प्रादेशिक महोत्सव तीन दिन पर सारिएको छ । उद्योग बाणिज्य संघको आयोजनामा बिहीवारदेखि शु हुने भनिएको प्रादेशिक महोत्सव बर्षाका कारण सारिएको हो ।
महोत्सव अब १९ गतेदेखि शुरु हुने नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । संघले आज पत्रकार सम्मेलन गरी मौसम अनुकूल नभएकोले महोत्सव सारिएको जनाएको ।
