ठूलो परिमाणको लागुऔषधसहित बाँकेमा एक पक्राउ

सदरलाइन संवाददाता ३१ भाद्र २०७९, शुक्रबार १४:०१
 

नेपालगञ्ज : बाँके प्रहरीले ठूलो मात्रामा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट पैदल आइरहेका चौधरीलाई शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाई राखेको पाँच पोका ब्राउन सुगर फेला परेको हो ।


चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लगातार वर्षातका कारण बाँकेको जनजीवन प्रभावित

३१ भाद्र २०७९, शुक्रबार १४:०१
नेपालगञ्ज : बाँके लगायत आसपासका जिल्लामा बिहीवारदेखि परेको अविरल बर्षाका कारण जनजीवन प्रभावित बनेको छ । बिहीवार बिहानदेखि बाँकेमा लगातार बर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन लम्बिने बताएको छ । लगातार नेपालगञ्जमा भइरहेको बर्षाका कारण न्यूरोड, सेतु बिक चोक, डीएसपी रोड लगायतका स्थान जलमग्न भएका […]