अस्पतालको निरिक्षण

३० बैशाख २०७५, आईतवार १७:३२
 

सदरलाइनडटकम
३० बैशाख, नेपालगन्ज :  प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आईतबार नेपालगन्जमा रहेका बिभिन्न अस्पतालको छड्के निरिक्षण गरेका छन् । मन्त्री वरालले बिरामीले लिएको सेवा सुविधाका बिषयमा जानकारी लिएका थिए । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजको मन्त्री बरालले आइतबार छड्के अनुगमन गरेका हुन् ।
छड्के अनुगमन गरेर प्रदेश मन्त्री सहितको टोलिले बिरामीले लिएको सेवा सुविधा तथा अस्पतालको अवस्था बारे जानकारी लिएका थिए । भेरी अञ्चल अस्पतालको अनुगमन पश्चात बोल्दै मन्त्री बरालले अस्पतालमा जनशक्ति कम भएको पाइएको बताए ।
अस्पतालमा दक्ष जनशक्तिको परिपुर्ती गर्नेमा आफुले ध्यान दिने उनले बताए । अस्पतालको समयअनुसार स्तरउन्नती गर्नेतर्फ सरकारले ध्यान समेत दिने मन्त्री बरालले प्रतिबद्वता जनाए । अहिले भएका स्रोत साधनको अधितम् प्रयोग गरेर बिरामीलाई राम्रो सेवा सुविधा प्रदान गर्न डाक्टरहरुलाई उनले निर्देशन समेत दिए ।
नेपालगन्ज मेडिकल कलेजलाई व्यापारमुखी भन्दा बढी स्वंयमसेवाको रुपमा सेवा सञ्चालन गर्न आग्रह गरे । मेडिकल कलेजमा सेवा सुबिधाको बारेमा अस्पतालका प्रवन्धक निर्देशक डा. सुरेशकुमार कानोडिया, निर्देशक डा. एम किदुवाइ, सहायक निर्देशक डा. रोमन किदुवाइ सङ्ग सोधपुछ गरेका थिए ।
सामाजिक विकास मन्त्री वराल सङ्ग बांके क्षेत्र नम्बर १ (क) कि सभासद कृष्णा केसी नमुना, प्रदेश ५ का स्वास्थ्य विभाग प्रमुख डा. उमा शंकर चौधरी, शिक्षा महाशाखा प्रमुखका उप सचिव हरिहर घिमिरे, प्रदेश सचिव पुस्करराज पन्त लगायतको सहभागिता रहेको थियो । यसैबिच त्यहाँको निरीक्षण पश्चात् मन्त्री बरालसहितको टोलिले जिल्ला शिक्षा कार्यालय बाँकेको निरीक्षण समेत गरेको थियो ।

Next Post

बाँकेमा एनसेलका दुई टावरमा अज्ञात समूहको आगजनी

३० बैशाख २०७५, आईतवार १७:३२
सदरलाइनडटकम   ३० बैशाख, कोहलपुर (बाँके)  : बाँकेका विभिन्न २ स्थानमा रहेका एनसेलका टावरमा शनिबार मध्यरातमा अज्ञात समुहले आगजनी गरेको छ । खजुरा गाउँपालिका मनकामनाचोक र बैजनाथ गाउँपालिका ६ जिगाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती १२ बजेको समयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी […]