दाङको तुलसीपुरमा नवजात शिशुको शव फेला

सदरलाइन संवाददाता २३ माघ २०७९, सोमबार १४:२०
 

दाङ : दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।


स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न

२३ माघ २०७९, सोमबार १४:२०
नेपालगञ्ज : थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ । थारु लेखक सङ्घ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलनको समापन गर्दै थारु लेखक सङ्घका […]