युवा संघ बाँकेले राहत संकलन अभियान सुरु गर्ने

१५ श्रावण २०७३, शनिबार १४:०८
 

13680978_1138175649580134_4881733084848079831_nसदरलाइनडटकम,
१५ साउन, नेपालगन्ज : युवा संघ बाँकेले जिल्लाका बाढी पीडितहरुका लागि राहत संकलन अभियान सुरु गर्ने भएको छ । आईतबारबाट अभियान सुरु गर्न लागिएको संघका अध्यक्ष किशोर थापाले जानकारी दिएका छन् ।
संघ आबद्ध पदाधिकारी, सदस्य, उद्योगी, ब्यवसायी तथा शुभेच्छुकहरुबाट राहत संकलन गर्न लागिएको हो ।‘बाढीपीडितहरुको पीडामा मल्हम लगाउने उदेशयले अभियान सुरु गर्न लागेका हौं’–अध्यक्ष थापाले भने,–‘यो अभियानमा हामी हाम्रा सम्पूर्ण पदाधिकारी, सदस्य र शुभेच्छुकहरुलाई घटाउदैछौ । सबैले साथ दिने आशा गरेका छौं ।’
बाढीका कारण बा“केको राप्तीपारीका ६ गाविस र राप्तीवारीका २ गाविसबाट सर्बसाधारणहरु प्रभावित भएका छन् । उनीहरुलाई स्थानीय प्रशासनले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो । बाढी रोकिएपछि उनीहरु घर फर्किएका छन् । तर बाढीले घर भत्काएको र खाद्यनहरु नष्ट भएका कारण समस्या झेल्न बाध्य भएका छन् । त्यसैलाई मध्येनजर गर्दै आफुहरु राहत संकलन अभियानमा लागेको युवा संघका अध्यक्ष किशोर थापाले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा आफुहरु एकपटक पुगिसकेको र आईतबार पुन प्रभावित क्षेत्रमा गएर उनीहरुको आबश्यकताका बारेमा बुझ्ने अध्यक्ष थापाले बताए । ‘पीडितलाई के–के आबश्यकता छ हामी बुझ्दै छौं’–थापाले भने ।
उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरु रोग संक्रमणमा पर्ने जोखिम रहेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । संघले बाढीप्रभावित क्षेत्रको समस्याको समाधानका लागि दिर्घकालिन बिकल्प खोज्न आग्रह गरेको छ ।
राप्तीपारीको बाढी र डुबान समस्या बर्षौअघिको भएको भन्दै त्यसतर्फ दिर्घकालिन समस्याको समाधानका लागि नीति बनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कस्केली समाजको भेला

१५ श्रावण २०७३, शनिबार १४:०८
सदरलाइनडटकम, १५ साउन, नेपालगन्ज : कास्की जिल्लाबाट बाँकेमा बसाईसराई गरी बासोबास गर्दै आएका तथा विभिन्न पेशामा आवद्ध रहेका कस्केली बन्धुहरुको कास्की सेवा समाज बाँकेको दोस्रो भोला कोहलपुरमा सम्पन्न भएको छ । कास्की सेवा समाज बाँकेका अध्यक्ष डम्बरराज सुवेदीको अध्यक्षतामा भएको सो भेलाले समाजको विधानलाई अन्तिम रुप दिन र जिल्ला प्रशासन […]