शाहीको नेतृत्वमा प्रदेश ५ को आईटिएफ तेक्वान्दो महासंघ

३० भाद्र २०७५, शनिबार १८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश नं. ५ नेपाल आईटिएफ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्रबहादुर शाही सर्वसम्मत चुनिएका छन् । मध्यपश्चिम क्षेत्रीय नेपाल आईटिएफ तेक्वान्दो संघलाई विघठन गरि शनिवार नेपालगञ्जमा शाहीको अध्यक्षतामा प्रदेश नं. ५ को प्रथम नेपाल आईटिएफ तेक्वान्दो महासंघ गठन गरिएको छ ।
प्रादेशिक नेपाल आईटिएफ तेक्वान्दो महासंघको प्रदेश ५ को प्रथम साधारणसभा तथा अधिवेशनले शाहीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमित चयन गरेको हो । चार जना पछि मनोनीत हुने गरि १५ सदस्यीय नयाँ नेतृतव चयन भएको हो । संघका केन्द्रय अध्यक्ष अञ्जन धमालाको विशेष उपस्थितीमा गठित समितिको वरिष्ठ उपाध्यक्षमा रितमान कामु मगर, उपाध्यक्षमा गीता क्षेत्री, विक्रम बाठामगर, सचिवमा नवराज खरेल र कोषाध्यक्षमा रञ्जीत गिरी रहेका छन् ।
उदघाटन सत्रमा प्रदेशसभा सदस्य एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालले प्रादेशिक संरचनाअनुसार खेलकुदको सांगठनिक संरचना गठन हुनुले नयाँ उर्जा र चुनौतीसँगै आउने भएकाले जिम्मेवार भएर प्रस्तुत हुन आहवान गरे । लगाव, अनुशासन र आवश्यक श्रोत साधानलेनै खेलाडीलाई अघि बढन सहज हुने भएकाले सो अनुसारको वातावरण श्रृजना गर्न संघ संगठन क्रियाशिल हुनुपर्ने उनको सुझाव थियो ।
महासंघका अध्यक्ष धमालाले आईटिएफ तेक्वान्दोलाई सरकारले उपेक्षा गरेपनि खेलाडीले आफ्नो प्रतिभा उजागर गरिरहेको भन्दै हमालले व्यावसायिक दक्षतासँगै संस्थागत विकासमा लाग्न अनुरोध गरे । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

Next Post

निर्मलाका लागि न्याय माग्दै बाँकेमा प्रदर्शन

३० भाद्र २०७५, शनिबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज : कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न अपराधीलाई पक्राउ गरि कानूनी कठघरामा उभ्याउन माग गर्दै शनिवार बाँकेमा प्रदर्शन गरिएको छ । हत्या गरिएको डेढ महिना बित्दासमेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको र यस अवधिमा देशैभर घटेका यौन हिँसाका घटनाबिरुद्ध नेपालगञ्ज र कोहलपुरमा प्रदर्शन गरिएको हो । […]