विद्युतीकरणमा ढिलाइ भएकोप्रति सांसद नमुनाको चासो

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १४:२७
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले बाँकेको राप्ती पारिका बस्तीमा विद्युतीकरणमा ढिलाइ भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै चासो राखेकी छन् ।

राप्तीसोनारी–४ का विकट बस्ती गुर्दनगौरी, महेशपुर, खयरभट्टी, चुनभट्टी, कुन्टेपानी लगायतका नाकाका बस्तीहरुमा विद्युतीकरणका लागि टेण्डर आह्वान भई ठेकेदार कम्पनीसँग सम्झौता भई काम पनि शुरु भइसकेको तर काममा अत्यन्तै ढिलाइ भएकोप्रति चासो राख्दै सम्बन्धित पक्षसँग भेटघाट गरी तुरुन्त काम अगाडि बढाउन सांसद नमुनाले निर्देशन दिएकी छन् ।

सांसद नमुनाले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका कार्यालय प्रमुख ई. जगन्नाथ लामिछाने र ठेकेदार कम्पनी आयुष निर्माण सेवा कम्पनीका प्रतिनिध भरत केसीसँग काम ढिलाइ भएको भन्दै तुरुन्त अगाडि बढाउन निर्देशन दिइन् ।

साथै उनले राप्तीपारीका नरैनापुर र राप्तीसोनारीमा विद्युतीकरण गर्न बाँकी रहेका स्थानमा यथाशीघ्र विद्युतीकरणको कामलाई अगाडि बढाउन आग्रह गरिन् ।


कार्यालय प्रमुख ईञ्जिनीयर जगन्नाथ लामिछानेले ठेकेदार कम्पनीलाई कार्यालयको तर्फबाट पटक पटक काम अगाडि बढाउन अनुरोध गरेको जानकारी दिए ।

त्यसैगरी ठेकेदार कम्पनीका प्रतिनिधि भरत केसीले विकट ठाउँ भएको र बर्षातले गर्दा काममा केही बाधा आएर रोकिन पुगेको भन्दै अब तत्काल काम अगाडी बढाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

उक्त क्षेत्रको विद्युतीकरणका लागि सङ्घीय सरकारले विनियोजित गरेको तीन करोड २४ लाख रुपैयाँ लागतमा टेण्डर पारी २०८० मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्ने गरी आयुष निर्माण सेवा कम्पनीले २०७९ फागुन २५ गते सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, एक जना गम्भीर

१ कार्तिक २०८०, बुधबार १४:२७
नेपालगञ्ज : पश्चिम दाङको शान्तिनगरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिएर गम्भीर घाइते भएका दुई जना मध्य चालकको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ४ बजजेतिर शान्तिनगर गाउँपालिका ५ रतभटुवास्थित दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिएको थियो । उक्त मोटरसाइकल […]