ईलेक्ट्रिकल एशोसिएशन बाँकेको बृहद् रक्तदान

२७ पुष २०७५, शुक्रबार १३:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : राष्ट्रिय एकता दिवसको अवसरमा नेपालगञ्ज ईलेक्ट्रिककल एशोसियसन बाँकेले नेपालगञ्जमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
जाडो यामसंगै विभिन्न रोगको संक्रमण फैलने र उपचारको लागि रगतको अभाव हुन नदिनको लागि एशोशिएसनले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष नन्दलाल ढकालले जानकारी दिए ।
राष्ट्रिय एकता दिवसमा समाजिक क्षेत्रमा पनि एशोशिएसनले सामाजिक उत्तरदायित्व वहन गर्नको लागि नेपाल रेडक्रशको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र विजुली व्यवसायी संघको सहयोगमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर सापकोटाले बताए ।
सो बृहद रत्तदान कार्यक्रमको उद्दघाटन एशोशिएसनका अध्यक्ष ढकालले गरेका थिए । समाचार तयार पार्दासम्म ५२ जना रक्तदाताले रक्तदान गरि सकेको र दाता आउने क्रम जारी रहेको आयोजक संस्थाका सचिव टेकबहादुर थापाले जानकारी दिए । 


Next Post

रक्सीको झोंकमा एसएसबीले चलायो गोली

२७ पुष २०७५, शुक्रबार १३:००
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले गोली चलाएका छन् । मदिरा सेवनपछि एसएसवीका जवानहरूबीच विवाद हुँदा बिहीवार बेलुकी सीमा स्तम्भ नं.२१ नजिक ११ राउण्ड गोली चलाएको स्थानीय बासिन्दाले बताएका छन् । गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा […]