सहादत मस्जिद गुठीमा नयाँ नेतृत्व प्रकरण : ईत्तेहाद संगठनको ध्यानाकर्षण

सदरलाइन संवाददाता २९ श्रावण २०७८, शुक्रबार २०:१०
 

नेपालगञ्ज : नेपालगञ्ज–१७ परस्पुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ संञ्चालक समिति गठन प्रकृयाबारे नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।


नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हल्वाई कवाडीले एक विज्ञप्ती जारी गर्दै नेपालगञ्ज–१७ का वडा अध्यक्ष अजय पाठकको रोहबरमा केही ब्यक्ति बोलाई राजनीतिक पूर्वाग्रह राखेर नयाँकार्य समिति गठन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सहादत मस्जिद गुठीको नाममा दर्ता रहेको जग्गा सन्दर्भमा निजामुद्दीन इद्रीसीका पूर्खाले दान दिएको कुरा ध्रुव सत्य नै हो तर समाजमा लडाई झगडा गराउने राजनैतिक तवरले भोट बैंकको फोहरी खेल खेल्ने मनसायले गरिएको यस्तो कार्य पक्कै राम्रो होइन र निजामुद्दीन इद्रीसीले सो गुठी निजीकरण गरेको कुनै प्रमाण समेत पनि छैन तसर्थ समाजमा यस्ता अशान्ति फैलाउन झै झगडा गराउने उद्देश्यले गरिएको क्रियाकलाप अब उप्रान्त नगर्नु नगराउनु हुन सम्बन्धित सबै वडा नं. १७ का वासीहरुलाई अनुरोध गरिन्छ’ विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘पार्टीमा आधिकारिकता दाबी गर्नले अन्य दलको ईशारामा चल्न हुँदैन’

२९ श्रावण २०७८, शुक्रबार २०:१०
नेपालगञ्ज : नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज एवम प्रदेशका निबर्तमान मूख्यमन्त्री शंकर पोखरेलले पार्टीको निर्देशन अनुसार नचलेर अरु कसैको नेतृत्वमा चल्नेले पार्टी आधिकारिकताको दावा गर्न नमिल्ने बताएका छन् । उनले शनिबार नेकपा एमाले बाँकेको १७औं पुर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले पार्टीका बरिष्ठ […]