बाघको आक्रमणमा बर्दियामा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता १८ जेष्ठ २०७८, मंगलवार ११:१२
 

नेपालगञ्ज : पाटेबाघको आक्रमणमा परी बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।


खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा घट्दै संक्रमण र मृत्यु दर

१८ जेष्ठ २०७८, मंगलवार ११:१२
काठमाण्डौ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २६ हजार ६९८ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा २६ हजारले कम हो । पछिल्लो वृद्धिसँगै […]