विद्यार्थी बने मुख्यमन्त्रीको सद्भावना दूत

सदरलाइन संवाददाता ६ माघ २०७९, शुक्रबार १२:०८
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कालिका मानवज्ञान मावि बुटवलमा कक्षा १२ मा अध्ययनरत छात्रा प्रशंसा खनाललाई सद्भावना दूत चयन गरेका छन् । कालिका मानवज्ञान मावि बुटवलले सुरु गरेको मेरो सांसद कार्यक्रमअन्तर्गत मुख्यमन्त्री गिरीले कानुन सङ्कायमा अध्ययनरत खनाललाई सद्भावना दूत चयन गरेका हुन् ।

आफ्नो सद्भावना दूत चयन गरेपछि मुख्यमन्त्री गिरीले कानुनका विद्यार्थी समाज परिवर्तनका संवाहक भएकाले विद्यार्थीले लोकतन्त्र, सङ्घीयता र समावेशी मुद्दालाई समाजमा फैलाएर उन्नत समाजको निर्माण गर्न सघाउने बताए ।


उनले मेरो सांसद कार्यक्रमले प्रदेश सभा र प्रदेश सरकारलाई जोड्न तथा यस्ता कार्यक्रमले जनता, जनप्रतिनिधि र सरकारबीच पुलको काम गर्ने विश्वास व्यक्त गरे । नागरिकबाट थप सल्लाह सुझाव प्राप्त हुने भएकाले यस्ता कार्यक्रममा प्रदेश सरकारले सधैँ साथ दिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । कालिका मानवज्ञान माविले कानुन समूहमा अध्ययनरत विद्यार्थीलाई लुम्बिनी प्रदेशका सांसदसँग सहकार्य गर्ने गरी लुम्बिनी प्रदेश सभा देउखुरीमा मेरो सांसद सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दादुराका बिरामी बढ्दै

६ माघ २०७९, शुक्रबार १२:०८
नेपालगञ्ज : बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर […]