क्षेत्रीय सभापति राणा पक्राउपछि तरुणदलको आव्हानमा बन्दको घोषणा विज्ञप्तीसहित

२३ पुष २०७३, शनिबार १३:५८
 

सदरलाइनडटकम 
२३ पुस, नेपालगन्ज : युवा संघ नेपालको केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहरको घटनामा तरुणदलका क्षेत्रीय सभापतिलाई प्रहरीले फसाउन खोजेको भन्दै आईतबार तरुणदलको आव्हानमा बन्दको घोषणा गरिएको छ ।
९ दिन अघि कोहलपुरमा युवासंघ केन्द्रीय सदस्य बुढाथोकी माथि खुकुरी प्रहार भएको थियो । शनिबार नेपाल तरुण दल बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति दिग्विजय जङ्ग राणालाई कोहलपुर प्रहरीले पुनः पक्राउ गरेको गरेपछि तरुणदल बाँकेले उनलाई नियतवश फसाउनलाई पक्राउ गरिएको भन्दै विरोध स्वरुप शनिवार साँझ कोहलपुरमा एक घन्टा चक्का जाम गर्दै आइतवार बन्द आव्हान गरेको हो ।
नेपाली काँग्रेसका जिल्ला सचिव तथा युवा नेता तप्त पौडेलले तत्कालिन तरुणदलका जिल्ला सदस्य सुवास बर्णवाल र कार्यकर्ता रबिन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई समेत कारबाहीको माग गर्दै कोहलपुर बन्दको घोषणा गरिएको जानकारी दिए । उनले प्रहरीले आफ्ना कार्यकर्ताहरुलाई अनाबश्यक फसाउन खोजेकोले बन्दको आव्हान गर्नु परेको दावी गरे ।
तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्रबहादुर शाहले तरुणदलका कार्यकर्ताहरुलाई प्रहरीले अनाहकमा दुख दिएकोले बन्द आव्हान गर्नु परेको बताए । उनले कोहलपुरमा हत्या भएका आफ्ना कार्यकर्ताहरु बर्णवाल र श्रेष्ठको घटनाको अनुसंधान समेत अघि बढाउन दबाब दिन बन्द घोषणा गरिएको स्पष्ट पारे ।
युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज बुढाथोकीमाथि खुकुरी प्रहार गरिएको घटनासँग जोडेर अनुसन्धानका लागि भन्दै प्रहरीले शनिवार पुनः राणालाई पक्राउ गरेको हो । यसअघि पनि अनुसन्धानका लागि भन्दै राणा लगायतलाई नियन्त्रणमा लिएर छोडेको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक सुरेश काफ्लेले राणालाई पक्राउ गरिएको पुष्टी गरेका छन् । अनुसन्धानको लागि नियन्त्रणमा लिएको भन्दै दोषि पाइए कसैलाई पनि नछोडिने उनले बताए ।
यसैबीच बुढाथोकीमाथि खुकुरी प्रहार गरेको अभियोगमा बाजुराका लक्ष्मण मल्ल पनि पक्राउ परेका छन् । प्रहरीले मल्ललाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । गएको पुस १४ गते बाँकेको कोहलपुरस्थित एक रेष्टुरेण्टमा खाना खाएर निस्कँदै गर्दा बुढाथोकीमाथि खुकुरी प्रहार गरेको थियो भने त्यसपछि आरोपी मल्ल फरार भएका थिए ।
मल्ललाई बालाजुको एक गेष्ट हाउसबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनलाई शनिवार महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ । शनिवारदेखि नै उक्त घटनाबारे मल्ल्माथि अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ । यता संघले भने दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरामा सात्विक र आध्यातिमक परामर्शसहित वनभोज कार्यक्रम सम्पन्न

२३ पुष २०७३, शनिबार १३:५८
सदरलाइनडटकम    २३ पुस, पोखरा :  पोखरामा पहिलोपटक सात्विक र आध्यातिमक परामर्शसहित वनभोज कार्यक्रम सम्पन्न भएको छ । सामाजिक जागरणका लागि नारी अभियान कास्की पोखराले पोखराको केदारेश्वरमा शाकाहारी जीवनपद्धती र अध्यात्मको महत्व विषयक परिचर्चा सहित आयोजना गरेको रमाईलो वनभोज कार्यक्रम शनिवार सम्पन्न भएको हो । कार्यक्रममा भागवत भाष्कर युवा पं कमलनयन […]