उचित बसोबासको योजनासहित मत माग्दै बामगठबनधनका उम्मेदवार

३ मंसिर २०७४, आईतवार १९:५९
 

सदरलाइनडटकम  


३ मंसिर, नेपालगन्ज : बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारहरुले ५ बर्षे कार्यकालमा गरिबका झुपडी बिस्थापित गर्दै उनीहरुलाई उचित बसोबासको व्यवस्था गर्ने योजना सार्वजनिक गरेका छन ।
बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आईतबार जानकी गाउँपालिकाको बेलहरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतम, जिल्ला मुल निर्वाचन परिचालन कमिटीका संयोजक दिनेश यादव, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनार लगायतले गरिबी उन्मुलन गर्ने बाम गठबन्धनको मुख्य काम हुने बताए ।
आर्थिक सम्वृद्धि र विकासका लागि बाम गठबन्धनलाई जिताउनुहोस, प्रतिनिधीसभाका उम्मेदवार रोकायले भने,– बाम गठबन्धन मतमाग्ने ५ वर्ष हराउने गरी आएको छैन हामीलाई भोट दिएर जिताउनुहोस हामी विकासको योजनासहित आएको छौ ।
प्रदेशसभाका उम्मेदवार गौतमले आफुहरु सधै जनताको साथमा रहदै आएको बताउदै बेलहरीमा रहेको बाबाकुट्टीको उचित संरक्षण गरी पर्यटकीयस्थल बनाउने, इश्वजरी तालको संरक्षण गर्दै सिचाईका लागि प्रयोग गर्ने, नालीसहित सडक बिस्तार गर्नेसँगै शिक्षा, स्वास्थ्य र प्रसुती गृह निर्माण गरिने योजना रहेको बताए ।
जिल्ला मुल निर्वाचन परिचालन कमिटीका संयोजक यादवले विकास र सम्वृद्धिका लागि ५बर्षे स्थायी सरकार आवश्यक रहेको भन्दै बाम गठबन्धनलाई सहयोग गरी विकास र सम्वृद्धिलाई रोज्न अपिल गरे ।
क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक सुनारले जनता आवास कार्यक्रम एमाले नेतृत्वको सरकारले सुरुवात गरेको बताउँदै स्थायी सरकारमा भएमा झुपडी बिस्थापित गरि पक्कि बनाइने बताए । उनले भने,–सन्ततीको सुखद भविष्यका लागि बाम गठबन्धनलाई जिताउनुहोस ।
उनले बेलहरीमा ३५ शैयाको अस्पताल निर्माण गरिने बताए । कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख रामनिवास यादवले जातिय आधारमा  नभई  विकासको एजेण्डाका आधारमा मत दिन अपिल गर्दै बाम गठबन्धन स्पष्ट योजनासहित चुनावी अभियानमा आएको बताए ।
बाम गठबन्धन निर्वाचन परिचालन कमिटी बेलहरीका संयोजक अर्जुन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, पदम धिताल, सतिश निरौला, रक्षाराम बर्मा लगायत उपस्थित । यसैबीच बाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार आईपी खरेलले आईतबार पनि जनभेटघाटलाई जारी राखेका छन ।

Next Post

चुनावी एजेण्डाका साथ नेपालगन्जका घरघरमा वाम गठबन्धन

३ मंसिर २०७४, आईतवार १९:५९
सदरलाइनडटकम   ३ मंसिर, नेपालगन्ज : बाँकेमा वाम गठबन्धनका  उम्मेद्वारहरु  सभा, भेटघाट, घरदैलो जस्ता चुनाव केन्द्रित अभियानलाई तीब्र पारेका छन् । यतिबेला जित आफ्नो पक्षमा पार्न वाम गठबन्धनका उम्मेद्वारहरु विकासका एजेण्डासहित मतदाताका घरघरमा पुगेका छन् । स्थायी सरकार र संवृद्ध विकासका लागि वाम गठबन्धनका उम्मेद्वारको जित्नुको विकल्प नभएको बताउँदै आफ्नो पक्षमा […]