राष्ट्रिय योग दिवसका अवसरमा नेपालगञ्जमा सामुहिक योगाभ्यास

सदरलाइन संवाददाता १ माघ २०७९, आईतवार १५:५१
 

नेपालगञ्ज : आइतवार आठौं राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसवर्ष स्वस्थ जिवनको चाहना योग शिक्षा र साधना भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

योग समिति नेपालको केन्द्रिय कार्यालयबाट आज बिहान निस्केको र्याली सेतु विक चोक न्युरोड, त्रिभुवन चोक, चारवाहिनी हुँदै नेपालगञ्ज उपमहानगरपालिका पुगेर योगाभ्यास गरिएको थियो । र्यालीमा योगगुरु, योग प्रशिक्षकलगायत योग प्रेमिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

योगगुरु गिरीराज भट्टराइको सभापतित्वमा कार्यक्रम गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, डा रोमा वोहरा, डा दिनेश चौधरी लगायतको उपस्थिती रहेको थियो ।

योग समिति नेपालकी सचिव निर्मला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको हुँदा सबैले योग गर्ने जरुरी रहेको बताए ।


उनले केहि वर्ष पछि नेपालगञ्ज नगरलाई योगमय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योगाभ्यास गरिरहेकोले नेपालगञ्ज उपमहानगरपालिका अब योगीहरुको सहर भनेर पनि चिन्न धेरै समय नलाग्ने बताए ।

यस्तै योग समिति नेपालका सल्लाहाकार नन्दलाल वैश्यले योग एउटा यस्तो अभ्यास हो जोकसैलाई दिन पनि नमिल्ने र कसैबाट लिन पनि नमिल्ने भएको हुँदा आफुले गरे मात्र आफनो शरीरलाई फाइदा हुने बताए । पछिल्लो समयमा योगतर्फ मानिसहरु आकर्षित भइरहेको योग गुरु गिरीराज भट्टराइले बताए । योग समिति नेपालका सदस्य झबि शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सोमवार १६ स्थानमा दादुराविरुद्धको खोप लगाईंदै

१ माघ २०७९, आईतवार १५:५१
नेपालगञ्ज : दादुरा फैलिएको नेपालगञ्जमा आज १६ स्थानमा खोप लगाईंदैछ । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १६ वडामा १६ वटा खोप केन्द्रमार्फत खोप लगाइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यहाँका २३ वडा मध्ये बाँकी ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई समेत वडाका स्वास्थ्यकर्मीमार्फत ’खोज […]