नेपालगञ्जमा सोमवार १६ स्थानमा दादुराविरुद्धको खोप लगाईंदै

सदरलाइन संवाददाता २ माघ २०७९, सोमबार १२:५९
 

नेपालगञ्ज : दादुरा फैलिएको नेपालगञ्जमा आज १६ स्थानमा खोप लगाईंदैछ । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १६ वडामा १६ वटा खोप केन्द्रमार्फत खोप लगाइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यहाँका २३ वडा मध्ये बाँकी ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई समेत वडाका स्वास्थ्यकर्मीमार्फत ’खोज र खोप अभियान’ सञ्चालनमार्फत ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप सेवा प्रदान गरिँदैछ । यस अभियानका लागि आवश्यक भ्याक्सिन र सामग्री सम्बन्धित खोप केन्द्रमा पठाइएको छ ।


हालसम्म नेपालगञ्जका १७५७० बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताए । आज वडा नम्बर २, ३, ६, ९, १०, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा भोली खोप लगाइरहेको उनले जानकारी दिए ।
पुस १२ गतेयता फैलिएको दादुराबाट हालसम्म बाँकेमा १९२ जना संक्रमित भइसकेका छन् । यी मध्ये नेपालगञ्जका मात्रै १८८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठेले बताए । खजुराका ३ र कोहलपुरका १ जना छन् ।

संक्रमित मध्ये १३४ जना निको भइसकेका छन् । ५७ जना भने होम आइसोलेसनमा रहेको श्रेष्ठले जानकारी दिए । एक जनाको भने मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटनामा परी दाङमा २ जनाको मृत्यु

२ माघ २०७९, सोमबार १२:५९
नेपालगञ्ज : मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार राती पौने २ बजे घोराहीको सौडियारबाट सर्रातर्फ जादै गरेको रा ५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा अनियंत्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोराही १६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र […]

सम्बन्धित