खजुरामा पनि देखियो दादुरा

सदरलाइन संवाददाता २४ पुष २०७९, आईतवार १४:१७
 

नेपालगञ्ज : बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् ।

नेपालगञ्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो । खजुरा गाउँपालिका वडा नम्बर ६ मा ११ वर्षीय बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्जमा भने संक्रमण बढ्दो छ ।


नेपालगञ्जमा हालसम्म ६३ जना दादुरा संक्रमित बालबालिका भेटिएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

नेपालगञ्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ का १२५८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहाानगरपालिका स्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा राष्ट्रिय थारु सम्मेलनको तयारी तीव्र

२४ पुष २०७९, आईतवार १४:१७
नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा गर्न लागिएको सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । तयारीको बारेमा जानकारी दिन भर्चुअल बैठक गरिएको साहित्यकार सोमप्रसाद चौधरीले बताए । थारु गोचाली समाज फत्तेपुरको सहकार्यमा थारु लेखक संघ नेपालले २०, २१ र २२ माघमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो […]

सम्बन्धित