भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

१४ पुष २०७५, शनिबार १४:२०
 

सदरलाइनडटकम,
भोजपुर : भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बसमा सवार यात्रुमध्ये चालकसहित आठजना गम्भीर घाइते भएका छन् ।
भोजपुर सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको थियो ।
१६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटनामा पर्दा रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका–३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका–१०, भैँसीपंखाकी सिताकुमारी राई, भोजपुर सदरमुकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका–४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ ।

Next Post

रिहा भएका मेयर हेलिकप्टर चार्टर गरि पुगे गृहनगर

१४ पुष २०७५, शनिबार १४:२०
सदरलाइनडटकम, रौतहट : रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाई पाएपछि हेलिकप्टर चार्टर गरि गृहनगर कटहरिया पुगेका छन् । शुक्रवार सर्वोच्चबाट सफाइ पाएका उनी शनिवार काठमाण्डौबाटै हेलिकप्टर चार्टर गरि जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गणमा उत्रेका थिए । उनलाई नगरवासीले फुलमाला, खादा र दोसल्ला ओढाएर स्वागत समेत गरेका थिए […]