फुड प्वाइजनका कारण बर्दियामा सय बढी विरामी

सदरलाइन संवाददाता ७ फाल्गुन २०८०, सोमबार १५:०२
 

बर्दिया : फुड प्वाइजनका कारण बर्दियामा एकै गाउँका १ सय २० जना भन्दा बढी विरामी परेका छन् । उनीहरुमध्ये ५१ जनाको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको छ भने बाँकीको मुधवन नगरपालिकामा रहेको नगर अस्पतालमा उपचार भईरहेको छ ।

मधुवन नगरपालिका वडा नं. १ गर्भु गाउँका ४१ जना फागुन ४ गते दाङको चखौरा भन्ने स्थानमा घुमघामका लागि गएका थिए । त्यहाँबाट फर्केपछि एक्कासी तिनीहरुलाई पेट दुख्ने, झाडा पखाला लाग्न शुरु भएको स्थानीय बालकुमार चोधरीले बताए ।

सोमवार विहानसम्म करीब ५० जना भन्दा बढी उपचाररत रहेको र स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ भने केहीको अवस्था अझै खतरामुक्त हुन नसकेको बर्दिया अस्पतालका मेसु सुभाष पाण्डेयले जानकारी दिए ।


विरामी पर्ने ३८ जना महिला, १३ जना पुरुष र ५ वर्ष मुनिका ५ जना बालबालिकाहरुलाई सामाजिक सेवा डिजास्टर सेक्टर मार्फत उपचार भईरहेको पाण्डेयले बताए ।

मधुवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार अहिलेसम्म १ सय २० जना विरामीको उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चार समन्वय परिषद्लाई अधिकारविहिन बनाइएको भन्दै बुझाईयो ध्यानाकर्षण पत्र

७ फाल्गुन २०८०, सोमबार १५:०२
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले राजनैतिक पूर्वाग्रहीका कारण लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्लाई निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुभाईएको छ। प्रदेशका आमसञ्चार माध्यमहरुको व्यवस्थापन तथा सरकार र आमसञ्चार बीच समन्वय गर्ने निकायका रुपमा गठित परिषदलाई वर्तमान प्रदेश सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहिन बनाएको भन्दै ध्यानाकर्षण गराइएको हो । निवर्तमान मुख्यमन्त्री लिला […]

सम्बन्धित