चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार सम्बन्धित तालिम

रुद्र सुवेदी १७ भाद्र २०७८, बिहीबार ०९:०८
 


नेपालगञ्ज  :  सर्पदंशका विरामीको मृत्यु दर घटाउने उदेश्यले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी नेपालगञ्मा आयोजना गरिएको तीन दिने सर्पदंश व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेरमेडको सहयोगमा भेरी अस्पताल परिसरमा सञ्चालन गरिएको सो तालिममा २० जना सहभागि रहेको भेरी अस्पतालका एनेस्थेसिया विभागका डा. पारश पाण्डेले जानकारी दिए ।

उनले वर्षातको महिनामा तराईका जिल्लाहरुमा सर्पदंशका विरामी दिनहुँ बढ्ने क्रम रहेको अवस्थामा उपचारको लागि नजिकको अस्पताल वा स्वास्थ्य संस्था जाने र सबै स्वस्थ्य संस्थामा सर्पदंशको विरामी उपचारको लागि दक्षता नहुँदा मृत्युदर बढ्ने भएकोले तालिमको आयोजना गरिएको बताए ।

उनले भने–‘ यो तालिमको मुख्य उद्देश्य सर्पदंशका विरामीको मृत्युदर घटाउने र सर्पले डसेमा प्राथामिक उपचार गरी कसरी  सुविधा  सम्पन्न  स्वास्थ्य संस्थामा पठाउन सकिन्छ भनेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिईएको छ ।’


उनले पहिलो चरणमा कैलाली, बर्दिया, बाँके, दाङ्ग, कपिलबस्तुका सरकारी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज वा ठूला स्वास्थ्य संस्थाबाट १५ जना र भेरी अस्पतालबाट ५ जना गरि २० जना तालिममा सहभागि गराईएको जानकारी दिए ।

भेरी अस्पतालमा यो वर्षको वर्षात सुरु भएपछि मात्र सर्पले डसेका विरामी उपचारको लागि २ सय ५० जना रहेको र यी मध्ये ३५ जनालाई आईसीयुमा राखेर उपचार गरिएको छ । भेरीमा उपचारको क्रममा आउदै गर्दा बाटोमा ३ जनाको उपचारको क्रममा आईसियुमा १ जना र ईमेरजेन्सीमा १ जना गरी ५ जनाको मृत्यु भईसकेको छ ।

यो वर्ष कोभिड–१९ को दोस्रो भेरियन्ट सुरु भएपछि भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि मात्रै छुट्टयाउदै गत बैशाख २७ गतेदेखि सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा सर्पदंशका विरामी उपचार गर्ने व्यवस्था गरिए थियो । सो अस्पतालमा समेत १ सय २२ जनाको सफल उपचार भई घर फर्केका छन् । उपचारको लागि आएका मध्ये २० जना विषालु सर्पले डसेका विरामी रहेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

उनले अस्पतालमा आएका मध्ये १४ जना करेट सर्पले डसेको, ५ जना गोमन कोब्रा र १ जना रसेल भाइपरले डसेका विरामी रहेको बताए । उपचारको लागि आएका ६ जना विरामीलाई भेन्टीलेटरमा राखेर उपचार गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउदा चारको मृत्यु एक घाइते

१७ भाद्र २०७८, बिहीबार ०९:०८
दाङ :  दाङमा बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए । घटनामा परि घोराही–१३ […]