तराईमा केही दिन अझै शीतलहर चल्ने

सदरलाइन संवाददाता २३ पुष २०७९, शनिबार १५:५७
 

नेपालगञ्ज : शनिवार पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहनेछ । पहाडी भू–भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू–भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।


आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल पत्रकार महसंघ बाँकेको १३औं साधारणसभा सम्पन्न

२३ पुष २०७९, शनिबार १५:५७
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले साधारणसभाको उदघाटन गरेका थिए । उनले पानसमा बत्ती बालेर साधारणसभाको उदघाटन गर्नु भएको हो । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन सत्रमा विभिन्न विधामा कलम चलाउने सञ्चारकर्मीहरुलाई […]