हत्यामा संलग्नलाई कडा कारवाही गर्न दलित अगुवाको माग

३० मंसिर २०७३, बिहीबार १२:४५
 

सदरलाइनडटकम, 
३० मंसिर, काठमाण्डौं : गत मंसिर २० गते काभ्रेपलाञ्चोक सानो वाङथली ७ की ३२ वर्षिया लक्ष्मी परियारको हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्नको लागि दलित अगुवाहरूले राज्यसमक्ष पाँच बुँदे माग अघि सारेका छन् ।
बिहीबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर लक्ष्मी परियारका हत्यारालाई तत्काल कारवाही गर्नुपर्ने, राजनीति तथा आर्थीक प्रलोभन र प्रभावमा पारी निर्दोषलाई समेत फसाउने नियत देखिएको हुँदा हिरासतमा रहेका ओरोपीतहरूलाई निष्पक्ष सुनुवाईको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू अघि सारेका हुन ।
माओवादी केन्द्रका नेता तिलक परियारले दोषिमाथि कडा कारवाही हुनुपर्ने भन्दै राज्यले यस्ता अपराधमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए ।
परियारले यस्ता अपराधमा संलग्न व्यक्तिलाई सरकारले कडा दण्ड दिन नसक्ने हो भने दलित समुदायमाथि अन्य समुदायले हेपाह प्रवृतिबाट हेर्ने भन्दै, यहि यसो नगरिए जस्तालाई त्यस्तै गर्न तयार रहन सबैलाई आग्रह गरे ।
उनले अघि थपे,‘दलित समुदायका मानिसलाई मार्न पछि नपर्नेलाई मार्न तयार रहनुपर्छ, हेप्न तयार हुनेलाई हेप्न तयार हुनुपर्छ, यहाँ दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउने काम षडयन्त्र भैरहेको छ, अब हामीले यस्ता कुराबाट डराउनु हुँदौन ।’
विज्ञप्ती वाचन गर्दै महिला तथा दलित अधिकार कर्मि सरु सुनारले महिला अधिकारकर्मिहरूले दलित महिला माथि आई लागेका अन्याएहरूलाई केवल दलित वर्ग र समुदायका हुन भन्ने नजरले हेर्नुलाई आफुले फरक मत राख्दै आएको बताईन ।
उनले अघि थपिन्,‘ लक्ष्मी परियारको हत्यामा संलग्नलाई राज्यले कडा भन्दा कडा कारवाही गरेन भने हामीले स्थलगत भ्रमणबाट जे भेटाएका छौँ त्यसैको आधारमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौँ, यदि यी आन्दोलनका कार्यक्रमहरूले लक्ष्मी परियारको हत्यामा संलग्न व्यक्तिलाई किनारा लगाउन सकेन भने शसक्त आन्दोलन गर्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५ नं. प्रदेश टुक्राउन खोजेको भन्दै शुक्रबारदेखि ३ दिने बन्द अव्हान

३० मंसिर २०७३, बिहीबार १२:४५
सदरलाइनडटकम ३० मंसिर, नेपालगन्ज : सरकारले संविधान संशोधनको नाममा दर्ता गराएको प्रस्तावको बिरुद्धमा पुस १ गतेदेखि प्रदेश नम्वर ५ मा तीनदिने आमहडताल आहवान गरिएको छ । प्रदेश नं. ५ अन्तरगतका बाँके, बर्दिया, दाङ्ग, प्युठान, रुकुम, रोल्पा, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासी बन्द रहने बताईएको छ । संविधान संशोधन […]