‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ बजारमा

२० माघ २०७६, सोमबार १४:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ :  नेपाली युवाको रोजाईमा परेको नयाँ गीत ‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ बजारमा आएको छ ।

गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा गायक मोडल गणेश साउद जिसिको आवाज तथा अहिलेका चर्चित युवा र्यापर कार्कीको र्याप समेटिएको नयाँ गीत ‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ गत माघ १६ गते सार्वजनिक भएको हो ।

गायक मोडल जिसिको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको सो गीत उनकै शब्द रचना तथा संगीत रहेको गीतमा सुमन केसिको संगीत संयोजन रहेको छ ।


गीतको म्युजिक भिडियोमा युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरियोग्रीफ रहेको भिडियोमा मिलन बिस्वकर्माको सम्पादन नरेश ऐरको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा करिश्मा ढकाल, गणेश साउद जिसि र्यापर कार्कीको अभिनय रहेको छ ।

Next Post

घटनाको छानविन माग गर्दै कैलालीमा फेरि सडक अवरुद्ध

२० माघ २०७६, सोमबार १४:२२
सदरलाइनडटकम, कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा सोमवार पुनः सडक अवरुद्ध गरिएको छ । पूर्व पश्चिम राजमार्गको लम्की खण्डमा शनिवार से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका चौधरीको घटनाबारे छानविनको माग गर्दै मृतकका आफन्त तथा […]