नेपाल पत्रकार महसंघ बाँकेको १३औं साधारणसभा सम्पन्न

सदरलाइन संवाददाता २३ पुष २०७९, शनिबार १७:११
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले साधारणसभाको उदघाटन गरेका थिए । उनले पानसमा बत्ती बालेर साधारणसभाको उदघाटन गर्नु भएको हो ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन सत्रमा विभिन्न विधामा कलम चलाउने सञ्चारकर्मीहरुलाई पुस्कारसहित सम्मान गरिएको थियो ।


यसैविच रेडियो बागेश्वरी एफएमका सहायक स्टेशन म्यानेजर तथा समाचार प्रमुख एवं सदरलाईन डटकमका सम्पादक यदुराज मिश्रलाई पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले मिश्रलाई दोसल्ला ओढाई नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

पत्रकार मिश्रलाई शिक्षा तथा सामाजिक कार्यमा पु¥याएको योगदानको उच्च कदर गर्दै राम आधार रामप्यारी पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो बढेपछि आइतवारदेखि डुडुवाका शैक्षिक संस्था बन्द

२३ पुष २०७९, शनिबार १७:११
डुडुवा (बाँके) : अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन् । केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुनेभएपछि आइतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द भएका हुन् । गाउँपालिका अन्र्तगतका सम्पुर्ण […]