भिजिबिलिटी बढेसँगै नेपालगञ्जबाट उडान सुचारु

सदरलाइन संवाददाता १४ माघ २०८०, आईतवार १४:३५
 

नेपालगञ्ज : बाक्लो हुस्सुका कारण बाँकेस्थित नेपालगञ्ज विमानस्थल दुई दिनपछि खुलेको छ । शनिवार बिहानदेखि नेपालगञ्जमा लागेको बाक्लो हुस्सु र कुहिरोले गर्दा बन्द रहेको नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरो हटेपछि उडान सुचारु भएको हो ।

नेपालगञ्जबाट उडान हुने हिमाली जिल्ला सहित काठमाडौं र पोखराका सबै उडान शनिवार बिहानदेखि प्रभावित बनेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । अहिले नेपालगञ्ज विमानस्थलमा जहाज उड्न र ल्याण्ड गर्न सक्ने भिजिबिलिटी भएको विमानस्थलले जनाएको छ ।


खराब मौसमका कारण विमानस्थलमा बसिरहेका यात्रुहरुले विमानस्थल खुलेपछि राहत महशुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहाबाट लागूऔषधसहित २ जना पक्राउ

१४ माघ २०८०, आईतवार १४:३५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले भारतबाट […]