डुडुवामा निःशुल्क आँखा शिविर सञ्चालन हुने

सदरलाइन संवाददाता २५ पुष २०७९, सोमबार १५:४६
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यही पुष २७ गतेदेखि माघ ४ गतेसम्म डुडुवाका विभिन्न स्वास्थ्य संस्थामा शिविर सञ्चालन हुन लागेको हो ।

नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल फुल्टेक्राको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठमाडौको सहयोग र डुडुवा गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन हुन लागेको हो ।


उक्त शिविर ४० वर्षभन्दा माथिका व्यक्तिहरुलाई विशेष लाभदायी हुने बताइएको छ । शिविरमा छनोट भएका मोतीविन्दुका विरामीको फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा माघ महोत्सवको सम्पुर्ण तयारी पुरा

२५ पुष २०७९, सोमबार १५:४६
नेपालगञ्ज : नेपालगञ्जमा हुने दुईदिने लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सवको सम्पुर्ण तयारी पुरा गरिएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना गरिएको माघ महोत्सबको सम्पुर्ण तयारी पुरा गरिएको हो । थारू कल्याणकारिणीसभा बाँकेले यही पौष २७ र २८ गते नेपालगञ्जको रमलीला मैदानमा […]